काठमाडौँ– नेपाली फिल्म ‘ताराहरू’को टिकट बुधबारदेखि सार्वजनिक रुपमा बुकिङ खुलिसकेको छ। देशका प्रमुख मल्टिप्लेक्स हलहरू, जस्तै क्युएफएक्स सिनेमाज, आइएनआइ सिनेमाज र वान सिनेमाजले टिकट बुकिङको प्रक्रिया सुरु गरेका छन्।
क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यका बाहिर ४ गरी जम्मा ७ सो उपलब्ध गराएको छ। अन्य हलहरू, जस्तै बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज र सिके सिनेमाजमा पनि टिकट छिट्टै खुल्ने तयारी छ।
‘ताराहरू’ मध्यमवर्गीय परिवारको जीवन संघर्षमाथि आधारित फिल्म हो। निर्देशक आशान्त शर्माले स्वयं मुख्य भूमिकामा अभिनय गरेका छन् भने मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह र पुस्कर गुरुङले समेत अभिनय गरेका छन्।
फिल्मको गीतहरू ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ दर्शकबीच लोकप्रिय भएका छन्। ट्रेलर र टिजर पनि निकै मनपराइएको बताइएको छ।
फिल्म वेज प्रा.लि.को प्रस्तुतिमा बनेको हो। निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् भने सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन्।
फिल्मको छायांकन सरद महतोले गरेका छन्, सम्पादन विनोद पाण्डेले गरेका छन् भने भिएफएक्स अविनाश नापितको जिम्मेवारीमा तयार भएको हो। फिल्म यही शुक्रबार, भदौ ६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। यससंगै हलमा अन्य दुई फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ पनि प्रदर्शनमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया