काठमाडौं- बलिउड स्टार ऋतिक रोशन र जूनियर एनटीआरको फिल्म ‘वार २’ ले दोस्रो दिनमा ५७.५ करोड कमाएको छ।
यससँगै दुई दिनको कुल कमाई १ सय ५० करोड पुगेको छ। यसमा हिंदी संस्करणले ४५ करोड, तेलुगु संस्करणले १२ करोड र तमिल संस्करणले ५० लाख कमाएको छ।
त्यस्तै, सुपरस्टार राजिनीकान्तको ‘कुली’ ले दोस्रो दिनमा ५३.५ करोड कमाएको छ। फिल्मको कुल कमाई २ सय ५० करोड नाघेको छ। जसले यसलाई २०२५ को सबैभन्दा ठूलो तमिल फिल्म बनाएको छ। तमिल संस्करणमा ६३.८६ % ओक्युपेन्सी रहेको छ। जसले दर्शकहरूको उच्च उत्साह देखाउँछ।
दुवै फिल्मको प्रदर्शन दर्शक र बक्स अफिसमा उत्कृष्ट रहेको बताइएको छ। जहाँ ‘कुली’ ले कुल कमाईमा अगाडि भए पनि ‘वार २ ले दोस्रो दिन बलियो कमाई देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया